भिडियोपसल एपमा लाखे

काठमाडौं । सौगात मल्ल, नायिका वर्षा राउतको मुख्य भूमिका रहेको फिल्म ‘लाखे’ भिडियोपसल एपमा रिलिज गरिएको छ । सम्राट बस्नेतको निर्देशन रहेको फिल्म ‘लाखे’ अहिले नेपाल बाहिरबाट मात्र हेर्ने व्यवस्था गरिएको छ ।

सस्पेन्स थ्रीलर विधामा आधारित फिल्ममा सौगात मल्ल, अनुप विक्रम शाही, अर्पण थापा, आर्यन अधिकारी, वर्षा राउत, रोहित रुम्वा, संजोग राणा, सुशील सिटौला, प्रशान्त ताम्राकार, रक्षा बुढाथोकी, कालु राना, सुगन तण्डुकार र बाल कलाकार सिस्टम भण्डारीको अभिनय रहेको छ ।

सबै स्मार्ट डिभाइसमा भिडियो पसल एप डाउनलोड गरी फिल्म हेर्न सकिन्छ । भिडियो पसलमा २.९९ डलर देखी ५.९९ डलरसम्म विभिन्न प्याकेज लिई ४के गुणस्तरमा पनि फिल्म हेर्न सकिन्छ । उपलब्ध फिल्महरू विदेशबाट एप्पल पे, गुगल पे, पेपल, डेबिट(क्रेडिट कार्डबाट पैसा तिरेर हेर्ने व्यवस्था गरिएको छ ।

२०१७ देखि सञ्चालनमा रहेको भिडियो पसलमा यसअघि नै ‘छक्का पन्जा ४’, ‘झिङ्गेदाउ’, ‘मन्त्र’ लगायतका फिल्महरू रिलिज भइसकेका छन् । एपमा चलचित्रसँगै अन्य सर्ट फिल्महरू पनि उपलब्ध छन् ।