४८ दिनमा पुजार सार्कीको इन्डक्ल्याप

काठमाडौं । सुटिङ सुरु भएको ४८ औं दिनमा फिल्म ‘पुजार सार्की’को इन्डक्ल्याप गरिएको छ । फिल्मको कौडा गीत ‘दर्शन गरें हल्का निहुरेर’ को मंगलबार छायांकन पुरा गरेसँगै सुटिङ सकिएको हो ।

गीतमा फिल्मका प्रमुख कलाकारहरू आर्यन सिग्देल, प्रदीप खड्का, पल शाह, अन्जना बराइली र परीक्षा लिम्बु फिचर्ड छन् ।

फिल्ममा मोहन निरौला, लोकेन्द्र लेखक, सुवास गजुरेल, विद्या कार्की, तारा शर्मा, शङ्कर आचार्य, प्रेम सुब्बा, गोविन्द रमण पराजुली, राजेश बिसुराल लगायतको पनि अभिनय छ ।

कास्कीको पोखरास्थित कास्कीकोट गाउँ र आसपास छायांकन गरिएको फिल्ममा विकास सुवेदीको लेखन छ । संगीतकार सुवास भुषालले निर्माण गरेको फिल्ममा भुषालकै संगीत, हर्क साउद, बि. पाण्डे, दिनेश राउत र गणेश शाहीको गीत, राजेश श्रेष्ठको डिओपी, सुप्रिम पराजुलीको सम्पादन तथा कलर ग्रेडिङ र हिमाल केसीको द्वन्द्व छ ।