आउ न नजिकमा रमेश र बबिना

काठमाडौं । गीतकार दावा तामाङको नयाँ गीत ‘आउ न नजिक’को भिडियो सार्वजनिक भएको छ । गीतमा रमेश बोखिम राईको स्वर, पावल चाम्लिङ राईको संगीत तथा बुद्ध स्याङ्बाको संगीत संयोजन रहेको छ ।

गीतकार तामाङको आफ्नै युट्युब च्यानल लनी म्यूजिक क्रियशन मार्फत सार्वजनिक भएको गीतको भिडियोमा गायक रमेश बखिम राई र बबिना परियारको अभिनय रहेको छ ।
बाल कलाकारको भुमिकामा ईशाना सुवेदी, ईभाना सुवेदी र किर्तन सञ्जेल छन् ।

भिडियोमा रन्जित सुनारको निर्देशन, दुर्गा श्रेष्ठको छायांकन, अर्जुन खड्काको सम्पादन र ए जे अजुको प्रोडक्सन छ ।