रुमानी रंगमा आईआईएफटीको पहिरन

काठमाडौं । फिल्म ‘रुमानी रंग’का लागि आईआईएफटी स्कूल अफ फेसन एण्ड इन्टेरियर डिजाइनमा अध्यनरत सिनियर डिजाइनरहरुले पहिरन डिजाइन गर्ने भएका छन् । साम्राज्ञी राज्य लक्ष्मी शाह र धिरज मगरको प्रमुख भूमिकामा अभिनय रहने फिल्मका तीन गीतसहित मुख्य दृश्यका लागि आईआईएफटीमा अध्यनरत २० जना विद्यार्थीले पहिरन तयार पार्नेछन् ।

सो कामका लागि आईआईएफटी र फिल्म निर्माण कम्पनी बीच सम्झौता भएको छ । पहिरन डिजाइनमा सहकार्य गर्नेबारे प्रोडक्सन कम्पनी ग्लोबल मिडिया एण्ड रिसर्च सेन्टरबीच सम्झौता भएको आईआईएफटी स्कूल अफ फेसन एण्ड इन्टेरियर डिजाइन डेपुटी जेनेरल म्यानेगर अन्जली महर्जनले जानकारी दिइन् ।

सम्झौता पत्रमा आईआईएफटीका तर्फबाट डेपुटी जेनेरल म्यानेगर अन्जली महर्जन र शिक्षा बिभाग प्रमुख उत्कृष्टविक्रम खड्का तथा ग्लोबल मिडियाको तर्फबाट प्रमुख निर्माता हरि मल्ल र प्रस्तुतकर्ता जीएम ठकुरीले हस्ताक्षर गरेका छन् ।

आईआईएफटीका फेसन डिजाइनरहरुले मुख्य कलाकारका अलावा निर्माता, निर्देशक तथा नृत्य निर्देशकसँग पनि फिल्ममा उपयोग हुने डिजाइनबारे छलफल गरेका थिए । यस फिल्मलाई अनिल योञ्जनले निर्देशन गर्दैछन् । उक्त फिल्मको ९० प्रतिशत छायाँकन अस्ट्रेलियामा बताइएको छ ।