दान्भीलाई उत्साहजनक शो

काठमाडौं । शुक्रबारदेखि प्रदर्शनको तयारीमा रहेको फिल्म ‘दान्भी’ ले उत्साहजनक शो पाएको छ। बुधबारदेखि मल्टिप्लेक्स हलहरूले फिल्मको अग्रिम टिकट बुकिङ खुल्ला गरेका छन् ।

क्युएफएक्सनले पहिलो दिनका लागि यो फिल्मलाई काठमाडौंमा १६ र बाहिर ३१ शो उपलब्ध गराएको छ। आईएनआई १२, वान सिनेमाज ७, एफक्युब, बिएसआर,बिग मुभीज रन्जनालगायतका मल्टिप्लेक्स हलमा पनि फिल्मले उत्साहजनक शो पाएको छ। उपत्यका बाहिर बिर्तामोड, दमक, इटहरी, धरान, विराटनगर, हेटौंडा, चितवन, पोखरा, बुटवल, नेपालगञ्ज, दमौलीलगायतका प्रमुख सहरसहित ५५ वटा हलमा यो फिल्म रिलिज हुँदैछ ।

रूपेश तामाङको निर्देशनमा बनेको फिल्ममा अभिनेत्री पूजा शर्माले पहिलोपटक एक्सन भूमिका निर्वाह गरेकी छन्। फिल्ममा पूजाको अलावा कुन्साङ बम्जन, किरण श्रेष्ठ, मोनालिसा खतिवडा, राजाराम पौडेल, कालु राणा, सीता तामाङ लगायत कलाकारको पनि अभिनय छ। फिल्ममा पवन राना मगर कार्यकारी निर्माता र देव मगर तथा अनुप गडाल निर्माता छन् । फिल्ममा कमला लिम्बु, पन्चबहादुर तामाङ र आदर्श पौडेल सह–निर्माता छन् ।

सिनेमामा सन्जोग राणाको पटकथा तथा संवाद, रविना थापा मगरको कथा, हरिप्रसाद घलेको छायांकन, बन्दे प्रसादको सम्पादन, श्री श्रेष्ठको एक्सन, कविराज गहतराज कोरियोग्राफी छ ।

फिल्मलाई रिच इन्टरटेन्मेन्टले काठमाडौं उपत्यका र एफडी कम्पनीले उपत्यका बाहिर वितरण गर्दैछन्।