प्रमोदले ल्याए घर न घाटको

काठमाडौं । बबिता श्रेष्ठ निर्देशित कल्पना बिष्टको मिठो स्वरमा ‘मेरो दुःख मेरो पिडा’ बोलको मर्मश्पर्शी गीतको भिडियो दर्शक, श्रोतामाझ आएको साता दिन बित्न नपाउदै ‘घर न घाटको’ बोलको अर्को नयाँ भिडियो सार्वजनिक भएको छ ।

लोकप्रिय गायक प्रमोद खरेलको स्वर, सुजन कोइरालाको शब्द, सुवास कार्कीको सङ्गीत, बबिता श्रेष्ठको निर्देशन रहेको भिडियोमा दिपेन्द्र राज गिरी, जेनेलिया श्रेष्ठ र राज पौडेलको अभिनय रहेको छ ।

गीतकारको आफ्नै च्यानलबाट सार्वजनिक गरिएको भिडियो उत्तम हुमागाईले खिचेका हुन् ।