मंसिर ७ मा तेल भिसा

काठमाडौं । शंकर घिमिरेको निर्देशनमा निर्माण भैरहेको फिल्म ‘तेल भिसा’को पहिलो चरणको छायांकन केही समय अगाडी अमेरिकामा सकिएको थियो । भोली सोमबारबाट चितवनमा दोस्रो चरणको छायांकन सुरु गर्ने तयारीका बीच फिल्मको निर्माण टिमले आज आइतबार फिल्मको फर्स्टलुक सार्वजनिक गर्दै प्रदर्शन मिति घोषणा गरेको छ । फिल्म मंसिर ७ मा रिलिज हुनेछ ।

फिल्मको सार्वजनिक पोस्टरमा अभिनेता विपिन कार्कीलाई दोहोरो भुमिकामा प्रस्तुत गरिएको छ । उनलाई जवान र बृद्ध गरी दुई फरक लुक्समा देखिएको छ । पोस्टरमा अभिनेत्री वर्षा राउत, ऋचा घिमिरे र पुजा लामाका साथमा केही विदेशी कलाकारलाई देख्न सकिन्छ ।

यसअघि भदौ २९ गते रिलिज हुने भनिएको सिनेमा अब मंसिर ७ गतेबाट प्रदर्शनमा आउने छ । फिल्मको लागि उपयुक्त मिति लागेर नै यो मितिमा ‘तेल भिसा’ रिलिज घोषणा गरिएको निर्देशक घिमिरे बताउँछन् । फिल्ममा बुद्धि तामाङको पनि मुख्य भुमिका रहेको छ ।

वेलडन क्रियसनको व्यानरमा ऋचा घिमिरेको प्रस्तुती रहेको फिल्ममा अनिश पाण्डे र शिवराज कार्कीको लगानी रहेको छ । प्रिन्स युवराज कार्की र श्रुती दाहाल कार्यकारी निर्माता रहेको तेल भिसामा सुशन प्रजापतिको छायांकन, रामजी लामिछाने र शिशिर खातीको कोरियोग्राफी, आशिष अविरल, कल्याण सिंह र कृष्ण भारद्धाजको संगीत, विजय बस्यालको पोस्टर डिजाइन र अजय खड्काको सम्पादन छ ।