प्रमिलाको माया गर्छु

काठमाडौं । गीतकार प्रमिला वस्तीको शब्द रहेको गीत ‘माया गर्छु भन्न पनि’ को भिडियो सार्वजनिक भएको छ । पेशाले मनोविदसमेत रहेकी गीतकार वस्तीको उक्त गीत माया प्रेम भावमा सजिएको छ ।

गायिका रचना रिमालको स्वर रहेको गीतमा विश्वनाथ प्रेमको संगीत रहेको छ । किरण कँडेलको संगीत संयोजन रहेको गीतको भिडियोमा कृण्णदेव रुपाखेतीको निर्देशन छ । शम्भु तण्डुकारको मिक्सिङ मास्टरिङ रहेको गीतमा गरिमा शर्मा र प्रभात पाल ठकुरीले अभिनय गरेका छन् ।

गीतकार प्रमिला वस्तीको निर्माणमा तयार पारिएको गीतलाई उत्सव दाहालको छांयाकन, राहुल बराईलीको कोरियोग्राफी, विकाश ज्ञवालीको सम्पादन रहेको छ । ओएसआर डिजिटलबाट भिडियो सार्वजनिक भएको हो ।