भागिरथ र कबिताको दिउँला बरिलै

काठमाडौं । गायक भागिरथ चलाउने र गायिका कबिता खत्रीको स्वरमा तीज पर्व बिशेष गीत ‘दिउँला बरिलै’ सार्वजनिक भएको छ ।

मंगलबार सार्वजनिक गीतमा नेत्र अर्यालको शब्द र संगीत गायक चलाउनेकै रहेको छ । गीतमा कोरस स्वर रुपि सिंजाली मगर र प्रतिमा विश्वकर्माको रहेको छ ।

गीतको भिडियोमा मोडल लोमश शर्मा र बिना राउतले नृत्य गरेका छन् । अशोक बिकले निर्देशन गरेको भिडियोमा नवराज उप्रेतीको छायांकन छ ।

प्रबिन भट्टले सम्पादन गरेको भिडियोमा मिलन विश्वकर्माले कलर भरेका छन् । भिडिओ कबिता खत्री युट्युव च्यानलमार्फत सार्वजनिक गरिएको छ ।