बिजुली चमक्कमा अञ्जलीको ग्ल्यामर

काठमाडौंँ । लोकप्रिय गायिका सुनिता बुढाक्षेत्रीको स्वर रहेको यो बर्षको तिज विशेष गीत ‘बिजुली चमक्क’ सार्वजनिक गरिएको छ । बरिष्ठ गायक तथा संगीतकार कस्तुप पन्तको शब्द तथा संगीत रहेको गीतमा एचबिएन किस्मतको एरेन्ज छ ।

डान्सिङशैलीमा तयार गीत सुरुको समयदेखिनै चर्चामा रहन सफल छ । सार्वजनिक भएको २४ घन्टामा १ लाख ७४ हजार बढी भिउज पाउँदै चर्चामा कमाउन सफल गीत युट्युब ट्रेन्डिङमा समेत परेको छ ।

मनु पन्तको प्रस्तुति रहेको गीतमा मोडल अञ्जली अधिकारीेले हट नृत्यले भरिएको छ । फिल्मी शैलीमा निकै खर्च गरेर निर्माण गरिएको भिडियोमा थुप्रै कोरसको पनि प्रयोग गरेका छन् ।

भिडियो स्मृति तिमिल्सेना ‘गुरुआमा’ले निर्देशन गरेकी हुन् । भिडियोमा करण चैसिरको छायांकन र शिव पौडेलको सम्पादन छ । भिडियोको निर्माण उमङ फिल्मले गरेका हुन् ।