स्वस्तिका र अमृतको पूर्व खोज्छु पश्चिम फालेर

काठमाडौं । नजिकिँदै गरेको तीजलाई लक्षित गरेर ‘पूर्व खोज्छु पश्चिम फालेर’ बोलको तीज गीत सार्वजनिक भएको छ । सिर्जना खरेलले निर्माण गरिएको गीतमा गायिका स्वस्तिका ढकाल र गायक अमृत बरालको स्वर रहेको छ ।

नेपमेलोसँगको सहकार्यसँगै जेरी भण्डारीले निर्देशन गरेको भिडियोमा प्रभात पल ठकुरी र रुवीना अधिकारी फिचर्ड छन् । छमछमी नृत्य रहेको गीतको भिडियो हेर्दा बुढा र बुढीको नोकझोकका शब्दलाई भिडियोमा देख्न सकिन्छ ।

भिडियो बुद्ध थापाले खिचेका हुन् भने भिडियोको कन्सेप्ट निर्देशक भण्डारी स्वयंको रहेको छ । यस गीतमा शब्द तथा लय समीर आचार्यको छ भने म्युजिक प्रोडक्सन नेपमेलो म्युजिकको रहेको छ ।

भिडियोलाई सुजन कोइरालाले सम्पादन र कलरिङ गरेका हुन्।

अष्ट्रेलियामा बस्ने सर्जक तथा निर्माता खरेलले यो पटकको तीजमा यो गीतले विशेष रंग भर्ने आशा व्यक्त गरेकी छिन् । तीज नृत्यका लागि पनि यो गीत उपयोगी हुनेगरी एरेन्ज गरिएको संगीतकारले बताएका छन् ।