हाउडे माया र डिजे एलेक्ससँग सिडको बाखरी

काठमाडौं । डिजे एलेक्स, सिड वाग्ले र हाउडे मायाको स्वर रहेको ‘बाखरी’ बोलको रिमिक्स गीत सार्वजनिक भएको छ । वल्र्ड रेकर्ड होल्डर एवं गीतकार हरि गोपाल प्रधानको सभापतित्वमा राजधानीमा बिहीबार आयोजना गरिएको एक कार्यक्रममा गीतको भिडियो समेत सार्वजनिक गरिएको छ । भिडियोमा ¥यापर निर्णय एनएसकेको निर्देशन छ ।

कार्यक्रममा सनी रौनियार, सञ्चारकर्मी हरिशरण लामिछाने, गीतकार विप्लव प्रतिक, नारायणप्रसाद आचार्य, सचिन रौनियार, भीम तुलाधर, अजय अधिकारी (सुशिल), रवीन महर्जन, सुनिल उप्रेती, युवराज चौलागाई र गायिका रीता केसीलगायतको उपस्थिति थियो ।

गीतको छायांकंन नेपालमा सामरी इन्टरनेशनल इभेन्टस् र बेलायतमा कुशल श्रेष्ठले गरेका थिए । भिडियोमा हिलिम प्रोडक्सनको सम्पादन छ ।

भिडियोमा मेनुका माझी, सुस्मिता तिमिल्सीना, सन्तोषी कार्की, निसा तामाङ्ग, प्रतिमा डन्गुरा, अस्मिता तामाङ, रुपेश शेर्पा, आषिश बोगतीलगायत फिचर्ड छन् ।

कवि तथा गीतकार विप्लव प्रतिकले एक उत्कृष्ट गीत तथा म्युजिक भिडियो बनेको प्रतिक्रिया दिएका थिए । नारायणप्रसाद आचार्यले गीत हेरेपछि आफू २७ वर्षको उमेरमा पुगे जस्तो भन्ने अनुभव भएको सुनाए ।

गीतकारहरि गोपाल प्रधानले कलाकार तथा अन्य व्यक्तिलाई सम्मान गरी रुद्राक्ष माला लगाई प्रमाणपत्र हस्तान्तरण गरेका थिए ।