सामाखुशीमा क्युएफएक्सको नयाँ हल

काठमाडौं । काठमाडौको सामाखुसीमा रहेको सिटी स्क्वायर मलमा क्यूएफएक्स चेनको नयाँ हल खुलेको छ । बिहिबार साँझ अभिनेता दीपकराज गिरी, किरण केसी, रमेश उप्रेती, जीतु नेपाल, निर्मल शर्मा, गायक प्रकाश सपूत र अभिनेत्री नीति शाहले संयुक्त रुपमा फिल्म हलको उद्घाटन गरेका हुन ।

तीन वटा पर्दा रहेको यो सुविधा सम्पन्न हलमा ४ सय ९७ दर्शकले एक साथ फिल्म हेर्न सक्छन । सिटी स्क्वायर मलको नौँ तल्लामा खुलेको हलको ११ औँ र १२ औँ तल्लामा दर्शकलाई रिफ्रेसमेन्ट गर्नु परेको खण्डमा कसमी बार एण्ड लाउन्ज समेत सञ्चालनमा ल्याईएको छ भने हरेक पर्दामा सोफा सेट सहित सुतेर समेत फिल्म हेर्ने सिटहरु जडान गरिएको छ ।

विशेषत यो हलका सवै थिएटरमा पिक्चर र साउन्ड क्वालिटीलाई उच्च प्राथमिकतामा राख्दै एसियाकै सर्वोत्केष्ट साउन्ड एरोम्याक्स वाई बार्को र दक्षिण एसियाकै सिरिज फोर बार्को लेजर प्रोजेक्सन प्रविधि जडान गरिएको संचालक सुमित मैनालीले दावी गरेका छन ।

कार्यक्रममा हल उद्घाटन गर्न पुगेका कलाकर्मीहरुले पनि साउन्ड क्वालिटी र प्रोजेक्सनको खुलेर तारिफ समेत गरेका थिए । करिब १८ करोडको लागतमा निर्माणमा ल्याईएको यो सिनेमा हललाई नेपालकै अग्रडी मल्टीप्लेक्स चेन क्यू। एफ। एक्स ब्रान्डले व्यवस्थापनको जिम्मेवारी लिदै देशभर आफ्नो हल संख्या १७ वटा पुर्याएको छ ।

सामाखुसी लाई सेन्ट्रल बनाएर हेर्दा यो हलमा सिनेमा हेर्नका लागि टोखा, गंगबु, बुढानिलकण्ठ तथा नारायणगोपाल चोकका दर्शकलाई पायक पर्ने क्युएफएक्सले दावी पनि गरेको छ ।