दिवाकरको फिल्ममा महानायक

काठमाडौं । नेपाली फिल्म क्षेत्रका महानायक राजेश हमाल निर्देशक दिवाकर भट्टराईको एक अनटाइटल फिल्ममा अनुबन्धित भएका छन् । महानायक हमालले सामाजिक सञ्जालमा तस्वीर राख्दै आफू दिवाकरको फिल्ममा अनुबन्धित भएको जानकारी दिएका छन् ।

उनले लेखेका छन्,‘लामो अन्तरालपछि दिवाकर भट्टराईले निर्देशन गर्ने चलचित्रमा काम गर्दैछु ।’

पछिल्लो पटक फिल्म ‘सीता’मा अभिनय गरेपश्चात महानायक हमाल कुनै पनि फिल्ममा देखिएका थिएनन् । बरु उनले म्युजिक भिडियोमा आफूलाई समय दिइरहेका थिए ।

निर्देशक दिवाकरले फिल्मको कथावस्तु मनपराएपछि हमाल आफ्नो फिल्ममा अभिनयका लागि तयार भएको बताए । एक्सन फ्लेभरको यो फिल्मको छायांकन भदौबाट सुरु हुने निर्माण पक्षले जनाएको छ ।

दिवाकर र राजेशले यसअघि फिल्म ‘मेरो जीवन साथी’मा सहकार्य गरेका थिए ।