सिड्नीमा गुञ्जिदै रामकृष्ण

काठमाडौं । गायक रामकृष्ण ढकाल अष्ट्रेलियामा गुञ्जिने भएका छन् । उनी एक महिना लामो साङ्गीतिक प्रस्तुती लिएर दर्शक तथा स्रोतासँग साक्षात्कार गर्ने तयारी गरिरहेका छन् । उनको ‘रामकृष्ण ढकाल अष्ट्रेलिया टुर’ नामक साङ्गीतिक भ्रमणको सुरुआत अष्ट्रेलियाको प्रमुख सहर सिड्नीबाट हुँदैछ ।

ए टू जेट क्लिनिङ सप्लाएर्स क्लिनिङ एण्ड हस्पिटालिटी टाईटल स्पोन्सर रहेको उक्त टुरका लागि आफू उत्साहित रहेको गायक ढकालले बताएका छन् ।

उनले सामाजिक सञ्जालमार्फत आफ्नो खुसी साट्दै भनेकाछन्, ‘केही समयको अन्तरालपछि सिड्नी आउँदैछु । मेरा नयाँ र पुरानागीतसङ्गीतसँगै हाम्रो जमघट हुनेछ । हामी छिटै भेट्नेछौँ ।’

सिड्नीको रकडेलमा रहेको इन्द्रेणी फन्सन सेन्टरमा उनको सुमधुर प्रस्तुती हेर्न सकिने छ । पाल्पा सर्भिसेसको प्रस्तुति रहेको यो कार्यक्रममा गोल्ड स्पोन्सरको रुपमा सर्च एजुकेसन र सिल्भर स्पोन्सरको रुपमा गोर्खाज सुपरमार्केट जोडिएको छ ।

गायक ढकालको प्रस्तुती हेर्न ९९ अष्ट्रेलियन डलर तोकिएको छ । उक्त रकममा रात्रीकालिन खानासमेत उपलब्ध हुने आयोजकले जनाएका छन् ।