तीजलाई राजेशपायलको तीजको लहर

काठमाडौं । नेपाली महिलाहरुको पर्व हरितालिका (तीज) आउन केही दिन बाँकी रहँदा गायक राजेशपायल राईले ‘तीजको लहर’ बोलको गीत ल्याएका छन् । उनले आफ्नै शब्द तथा संगीतमा गीत तयार पारेका हुन् ।

गीतमा राजेशपायल र मोनिका राईको स्वर छ । राजेशका अनुसार आफ्नै शब्द संगीतमा गाएको यो पहिलो तीज गीत हो । ‘नेपाली नारीहरुको विशेष पर्व तीजप्रतिको आस्था र आमनेपाली नारीको सम्मान व्यक्त गर्दै यो गीत गाएको हुँ ।’ उनले थपे, ‘यही गीतमार्फत नेपाली नारी तथा चेलीबेटीहरुलाई तीजको शुभकामना दिन चाहन्छु ।’

नेपालमा हुँदा रेकर्डिङ र विदेशमा स्टेज कार्यक्रममा बाहै महिना व्यस्त रहने राजेशपायलको यसपालीको दशैँ–तिहारमा पनि विदेशमै वित्ने भएका छ । राजेशपायल यस वर्षको दशैँमा अमेरिकामा हुनेछन् । म्युजिकल वल्ड टुरकै क्रममा रहेका राजेशपायलले भने, ‘मेरो योपालीको दशैतिहार पनि विदेशमै हुनेछ ।’