दानबहादुरको फूलको वासना सरी

काठमाडौं । नेपाल प्रहरीका प्रवक्ता दानबहादुर कार्कीले लेखेको नयाँ गीत ‘फूलको वासना सरी’ सार्वजनिक भएको छ। प्रहरीको पीडा र भावना मुखारित गरिएको यो गीतमा संगीतकार दीपक शर्माले संगीत भरेका छन्।

गीतमा गायक राजेशपायल राई, मेलिना राई, बेनिसा पौडेल र समीर खरेलको स्वर रहेको छ। गीतको भिडियोमा रमेश उप्रेती, प्रियङ्का कार्की, प्रकाश सपुत र बेनिसा हमाल फिचर्ड छन् ।

गम्भीर विष्टको निर्देशन रहेको भिडियोमा स्टोरी र भिडियो कन्सेप्ट सरोज ओलीको छ । श्यामश्वेत रसाइलीको एरेन्ज रहेको यो गीतको भिडियोमा पवन सुसलिङको सम्पादन तथा छायाङ्कन रहेको छ।

‘यो गीतमा हिमालको टुप्पोदेखि तराईको गर्मीसम्म जनताको सेवा र सुरक्षार्थ खटिने नेपाल प्रहरीको अव्यक्त भावना व्यक्त गरिएको छ’, गीतका गीतकार एवं प्रहरी प्रवक्ता कार्की भन्छन्,‘यो गीतमा प्रहरीका दुःखहरू पनि छन्, नागरिकप्रति खटिने चाहनाहरू छन्, राष्ट्र र राष्ट्रियताप्रतिको अटल प्रयत्न पनि प्रस्तुत गर्न खोजिएको छ।’