सैलिशालाई आइडिया एक्सिलेन्स अवार्ड

काठमाडौं । इन्टेरियर डिजाइनरहरुको संगठन आइडिया नेपालद्वारा आयोजित ‘आइडिया एक्सिलेन्स अवार्ड–२०२४’मा आईआईएफटी स्कुल अफ फेसन एण्ड इन्टरियर डिजाइनकी ‘एकेडेमिक हेड’ सैलिशा शाक्यले ‘आइडिया एक्सिलेन्स अवार्ड–२०२४’ जितेकी छन् । काठमाडौंमा गत शुक्रबार यो प्रतिष्पर्धा भएको थियो ।

कार्यक्रममा ‘डिजानर अफ द इअर’ भने इन्टेरियर डिजाइनर विश्वत्तम श्रेष्ठले पाएका छन्। ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा इन्टेरियर डिजानिङतर्फ १२ वटा विधामा अवार्ड दिइएको थियो ।

काठमाडौंको बागबजार, कमलादीस्थित हेरिटेजप्लाजा र ललितपुरको कुमारीपाटीमा रहेको आईआईएफटी स्कुल अफ फेसन एण्ड इन्टरियर डिजाइनले फेसन डिजानिङ र इन्टेरियर डिजाइजिङको अध्यापन गराउँदै आएको छ । जहाँबाट उत्पादित विद्यार्थीहरुले काठमाडौंलगायत देशका विभिन्न स्थानमा बुटिक, क्लोथिङ स्टोर तथा इन्टेरियर सम्बन्धि व्यवसायीक संस्थाहरु स्थापना गरि आफ्नो व्यवसायिक क्रियाकलापहरु गर्दै आएका छन् ।