मेरी चन्द्रमामा किरण र अञ्जना

काठमाडौं । गायक उजन शाक्यको स्वर र संगीतमा रहेको गीत ‘मेरी चन्द्रमा’ को भिडियो सार्वजनिक भएको छ । प्रकृति फिल्मस्को प्रस्तुती रहेको गीतमा जेनिस कार्की र डेबिन चौधरी निर्माता छन् ।

गीतको भिडियोमा किरण श्रेष्ठ, अञ्जना बराइली र कुन्दन थारु छन् । किरणकै कन्सेप्ट, कोरियोग्राफी र निर्देशन रहेको भिडियोमा कोरस डान्सरका रुपमा निरु सिन्जाली मगर, सोफिया गोले तामाङ, प्रबिना श्रेष्ठ, रिजा पाख्रिन, विष्णु मोक्तान, पुष्पा बम्जन, सुप्रिया मगर र सोइसा तामाङ छन् ।

नाट्य अभिनयमा सक्रिय किरणले फिल्म ‘पर्खी बसें तिमीलाई’बाट नेपाली फिल्ममा पाइला चालेका थिए । यो फिल्मपछि उनले ‘दान्भी’मा अभिनय गरेका छन् ।

किरण श्रेष्ठ युटुब च्यानलबाट सार्वजनिक भिडियोमा शरद महतोको डीओपी, कृष्ण भण्डारीको सम्पादन र कलर, सन्जना महर्जनको सहायक निर्देशक, इरा महर्जनको सहायक कोरियोग्राफी, पुष्कर कार्की र विक्रम श्रेष्ठको प्रोडक्सन, निजन राईको हेयर एण्ड मेकअप छ ।