विशेष प्रदर्शनमा अ प्लेस अन्डर द सनको तारिफ

काठमाडौं । आइफोनबाट छायांकन गरिएको फिल्म ‘ए प्लेस अन्डर द सन’को काठमाडौंमा विशेष प्रदर्शन गरिएको छ । फिल्म हेर्न उपेन्द्र सुब्बा, शैलेन्द्र डी कार्की, यश कुमार, निर्देशक सुवर्ण थापा, सचिन घिमिरे, प्रविण खतिवडा, अभय बराललगायतका कलाकार र निर्देशक पुगेका थिए ।

जेसन लोप्चनको लेखन तथा निर्देशन रहेको फिल्मले क्राइम ड्रामा जनरालाई बोकेको छ । फिल्मले बाल्यकालदेखिका तीन साथीको कथा पस्केको छ ।

फिल्म हेरेपछि निर्देशक कथा कलाकारले फिल्मको मेकिङको खुलेर तारिफ गरेका थिए । उनीहरुले फिल्म आइफोनबाट छायांकन गरिएको भनिए पनि फिल्म हेरिरहँदा अत्याधुनिक क्यामराबाट खिचिएको अनुभव भएको बताएका थिए ।

फिल्ममा मीरा गुरूङ, मीन घलान, मीरा गुरुङ, अम्शु शर्मा, विप्लव गौली, प्रजन पौडेल, प्रवेश एमसी, रिदेन श्रेष्ठको अभिनय छ ।

वान स्क्वाड फि ल्मको व्यनरमा निर्माण भएको फिल्ममा उमेश खड्का सह–निर्माता छन् । फिल्ममा प्रविण लिम्बुको छायांकन छ । फिल्म चाँडै रिलिज हुने निर्माण पक्षले जनाएको छ ।