छक्का पन्जा ५ को ब्रेकअपमा आरोप प्रत्यारोप

काठमाडौं । दशैंको अवसर पारेर यही असोज २४ गते फूलपातीको दिनदेखि प्रदर्शनमा आउन लागेको फिल्म ‘छक्का पञ्जा ५’को दोस्रो गीत ‘ब्रेकअप’ सार्वजनिक भएको छ । गीतमा बाबुल गिरीको गायन, संगीत र शब्द छ ।

गीतमा दीपकराज गिरी, केदार घिमिरे, दीपाश्री निरौला, वर्षा शिवाकोटी, मेक्सम गौडेल, सुरवीर पण्डितलगायत फिचर्ड छन् ।

गीतले मायामा ब्रेकअप भएपछि प्रेमी र प्रेमिकाले एकअर्कालाई लगाउने आरोप प्रत्यारोपलाई कमेडी शैलीमा प्रस्तुत गरेको छ । दीपाश्री निरौलाको निर्देशन रहेको फिल्ममा आर्यन सिग्देल, निर्मल शर्मा, तेज गिरीलगायतको अभिनय छ ।

फिल्ममा हरि हुमागाइँको डिओपी तथा उत्तम हुमागाइँको छायांकन, दीपकराज, केदार घिमिरे र दिलीप तामाङको पटकथा कथा र संवाद, रोशन श्रेष्ठको द्वन्द्व र विपिन मल्लको सम्पादन छ ।