मिष्टर ग्लोबलमा योगेश

काठमाडौंँ । अन्तराष्ट्रिय सौन्दर्य प्रतियोगीता ‘मिष्टर ग्लोबल नेपाल २०२४’ नेपालको प्रतिनिधित्व गर्न योगेश श्रेष्ठ थाइल्याड उडेका छन् । ‘मिष्टर नेपाल २०२४’को उप विजेता समेत रहेका श्रेष्ठले बैंककमा २४ सेप्टेम्बरदेखि ७ अक्टोबरसम्म आयोजना ‘मिष्टर ग्लोबल २०२४’ नेपाल चिनाउँछन् ।

३६ भन्दा बढी देशका युवाको सहभागीता रहने प्रतियोगतिाका लागि उनी सोमाबार मध्यान्न नेपाल एरलाइन्सको विमान मार्फत थाइल्याण्ड उडेका हुन् ।

प्रतियोगीतामा नेपाली, कलासंस्कृतिको अलवा नेपालको पर्यटन क्षेत्रको विश्वका प्रतिनिधि माझ चिनाउने श्रेष्ठले बताए ।

‘प्रतियोगितामा म बुद्धको थिममा बिभिन्न प्रस्तुति दिने छु’, श्रेष्ठले भने ‘बुद्धका बिभिन्न मन्त्र समेत प्रचार गर्दै शान्तीको सन्देश फैयाउने छु ।’

श्रेष्ठलाई ‘मिष्टर नेपाल २०२४’ नेक्स्ट मोडल्स नेपालले पठाएको हो । प्रतियोगीताको शिर्ष उपाधि भित्र्याउने विश्वासका श्रेष्ठलाई ‘मिष्टर नेपाल २०२४’ मा पठाएको नेक्स्ट मोडल्स नेपालका सिइओ रवि धमलाले बताए ।