प्रमोदको आँशुको मूल्य

काठमाडौं । गायक प्रमोद खरेलको स्वरमा ‘आँशुको मूल्य’बोलको भिडियो मोडल सदिक्षा पाण्डेको अफिसिय युट्युव च्यानलबाट सार्वजनिक भएको छ ।

माया प्रेममा हुने एक आपस बीचको बेमेललाई फिल्मी ढंगले भिडियोमा देखाउने प्रयासमा निर्देशक उत्तम श्रेष्ठ ‘सिसिर’ सफल भएका छन् ।

अलोन रेश्माको शब्द, बिशाल निरौलाको संगीत रहेको गीतको भिडियोमा बिक्रम बुढाथाकी, सदिक्षा पाण्डे, अलोन रेशम लगायतको अभिनय छ भने भिडियोकी निर्माता सदिक्षा पाण्डे हुन् ।