टंकको फिल्ममा अशोक र एआर

काठमाडौं । गायक एवं संगीतकार टंक बुढाथोकीले आफ्नो हिट गीत ‘मन बिनाको धन ठूलो कि धन बिनाको मन’ शीर्षकमा फिल्म बनाउने भएका छन्। बुढाथोकीले आइतबार फिल्मको टाइटल चलचित्र विकास बोर्डमा दर्ता गरेका छन् ।

फिल्ममा टंककै निर्माण तथा निर्देशन हुनेछ । लक्ष्मी गिरि कार्यकारी निर्माता रहने यस फिल्ममा बिनय अधिकारी सह–निर्माता रहने छन् ।
सामाजिक कथामा बन्ने यस फिल्मबाट बाल गायक अशोक दर्जी र एआर बुढाथोकी डेब्यु गर्दैछन् ।

फिल्मबाट नेपाली रजतपटमा नवनायक रमेश बिकको डेब्यु हुदैछ । निर्देशक बुढाथोकीले फिल्ममा विकलाई अनुबन्धित गरेको जनाकारी दिए । टंककै कथा रहेको फिल्मको पटकथा एवं संवाद शिवम अधिकारीले लेखेका छन्।

तिहार लगतै छायांकनमा जाने फिल्मको नायिका लगायत अन्य कलाकारहरु केहि दिनमा फाइनल गर्ने तयारी छ।