सौरभको कर्मामा विपिनको एक्सन

काठमाडौं। फिल्म ‘कर्मा’ले अभिनेता विपीन कार्की मुख्य भूमिकामा अनुबन्धित गराउदै आफ्नो प्रदर्शन मिति घोषणा गरेको छ । निर्माणपक्षले जानकारी दिएअनुसार यो चलचित्र आगामी चैत २९ गतेबाट प्रदर्शनमा आउनेछ ।

फिल्मको रिलिज मिति अनाउन्समेन्ट पोस्टरमा विपिनलाई जिममा कसरत गरिरहेको देखाइएको छ । जसले फिल्ममा उनको शारीरिक रूपमा फिट र बलियो भूमिकामा देखिने संकेत गर्छ ।

फिल्ममा सौरभ चौधरीको निर्देशन रहनेछ, उनले यसअघि फिल्म ‘अगस्त्यः च्याप्टर–१’को निर्देशन गरिसकेका छन् । निर्देशक चौधरीको तेस्रो निर्देशन रहेको यस फिल्मको कथा पनि उनले नै लेखेका हुन्। फिल्म एक्सन ड्रामा जनरामा निर्माण हुने बताइएको छ। चौधरीका अनुसार यस फिल्ममा अभिनेता विपीनलाई एक्शन भूमिकामा देख्न पाइनेछ ।

आर्टिस्टिक इनटरटेनमेन्टको प्रस्तुति रहने फिल्ममा वसन्त लम्सालले लगानी गर्नेछन्। फिल्मको छायांकन मङ्सिर दोस्रो सातापछि सुरु हुने निर्माण पक्षले जानकारी दिएको छ।