काठमाडौँ। नेपाली गीतसंगीत र फिल्म क्षेत्रका कलाकर्मीलाई अवार्ड तथा सम्मान प्रदान गर्ने उदेश्यले आयोजना गरिने ‘विराट म्युजिक एण्ड फिल्म अवार्ड’ को तेश्रो संस्करणको लागी गीत,संगीत तथा फिल्मको दर्ता आव्हान गरिएको छ । २०८० सालमा प्रदर्शनमा आएका चलचित्र तथा २०८० सालमा रिलिज भएका गीत संगीत समाबेश गरिने अवार्ड आयोजक संस्था सेलिब्रेटी नेपाल प्रतिष्ठानका अध्यक्ष रघुनाथ सापकोटाले जानकारी दिए ।
सेलिब्रेटी नेपाल प्रतिष्ठानको आयोजनमा हुने कार्यक्रममा २०८० सालमा प्रदर्शनमा आएका फिल्म र गीत संगीत समावेश गरेर उत्कृष्टलाई अवार्ड प्रदान गरिने छ। ‘तेश्रो विराट म्युजिक एण्ड फिल्म अवार्ड’ आयोजना हुने मिति र स्थान छिट्टै सार्वजनिक गरिने सापकोटाले बताए । यस अघि दुई संस्करण भब्य र सभ्य रुपमा सम्पन्न भएको अवार्डको तेश्रो संस्कारण अझै भब्य हुने आयोजकले बिश्वाश लिएको छ।
अवार्डको लागी दर्ता भएका गीत,संगीत तथा फिल्मको उत्कृस्ट पाँच मनोनयन सार्वजनिक गरिने र ति उत्कृस्ट पाँच बाट उत्कृस्टलाई अवार्ड प्रदान गरिने कार्यक्रम संयोजक सुरज पौडेलले जानकारी दिए।