काठमाडौं । विवाहित, एकल महिला तथा एकल आमाहरुले सहभागिता जनाउन सक्ने प्रतियोगिता अर्थात दोस्रो सीजनको ‘सगून ज्वेलर्स प्रजेन्ट्स मिसेस भोग नेपाल २०२५’को अडिसन सुरु भएको छ । सगून ज्वेलर्सको प्रस्तुति रहेको ‘मिस भोग नेपाल सीजन–२’ को अडिसन आज शनिवार काठमाडौंको दरबारमार्गस्थित पेन्टहाउसमा सञ्चालन गरिँदैछ । बिहान ९ बजेदेखि प्रारम्भ हुने अडिसनमा सहभागिता जनाएर प्रतिस्पर्धामा छनोट हुनका लागि प्रयास गर्न आयोजक संस्थाले महिलाहरुलाई आग्रह गरेको छ ।
यो प्रतियोगितामा सहभागिता जनाउन १८ वर्ष उमेर पूरा हुनु पर्नेछ । प्रतियोगितामा विवाहित विधवा, डिभोर्सड् तथा एकल आमाहरुले सहभागिता जनाउने छन् ।
अडिसनको निर्णायकमा गीता गरुङ, एलिजा गौतम, रेनुका श्रेष्ठ, पूजा पाख्रिन तथा रिश्मा केसी रहने छन् । मिसेस भोग नेपालको उपाधि जित्ने एक जना प्रतिभाशाली महिलाले नेपाललाई प्रतिनिधित्व गर्दै थाइल्याण्डमा आयोजना हुने मिसेस टुरिजम क्वीन इन्टरनेशनलमा सहभागिताको अवसर पाउने छिन् । यसबाहेक पाँच लाख रुपैया बराबरको उपचार, मोडलिङ सम्झौता, विभिन्न ब्राण्डसंग आवद्ध हुने तथा अन्य अवसरहरु प्राप्त गर्नेछन् ।
हाउस अफ फेसनले अघिल्लो अघिल्लो वर्षदेखि मिसेस भोग नेपाल आयोजना गर्न थालेको हो । सन् २०२४ को संस्करणमार्फत प्रारम्भ भएको यो प्रतियोगिताले महिला शक्तिकरण गर्ने मुख्य लक्ष्य लिएको छ भने विवाहपछि पनि महिलो करियर समाप्त हुँदैन भन्ने अवधारण समावेश गरेको छ ।
आयोजक संस्थाकी प्रमुख ओसिमा बानुका अनुसार यो प्रतियोगिता सहभागिा जनाउनका लागि उचाइ, तौल, रंग ता जातिको कुनै परिधि तोकिएको छैन ।
यसपटकको प्रतियागितामा गीता गुरुङ, एलिजा गौतम, रेनुका श्रेष्ठ, पूजा पाख्रिन तथा करिश्मा केसीले ब्राण्ड एड्भोकेटसको रुपमा सहभागिता जनाएका छन् ।
मिसेस भोग नेपाल २०२३ सीजन १ मा पूजा पाख्रिनले मुख्य उपाधि जितेकी थिइन भने भिभा बस्नेतले कमर्सियल एम्बासडर, आकृति श्रेष्ठले फस्ट रनर्सअप तथा मनिला लामिछानेले सेकेण्ड रनर्स अपको उपाधि जितेका थिए ।