काठमाडौंमा फ्रेन्चाइज जावेद हबीब शैलुन सुरू

काठमाडौं । भारतको अग्रणी सूचिमा पर्ने जावेद हबीब शैलुन नेपालमा पनि सुरू भएको छ। काठमाडौंको ठमेलस्थित छाया सेन्टरमा शुक्रबारबाट सञ्चालनमा आएको फ्रेन्चाइज शैलुन जावेद हबीबः हियर एण्ड ब्यूटी उद्घाटनका लागि स्वयं प्रख्यात बारबेर जावेद हबीबले गरे।

जावेदका अनुसार शैलुनको दुनियाँमा नयाँ–नयाँ विद्यार्थी उत्पादन गर्ने र तिनको सीप विकासमा टेवा पुर्‍याउने उद्देश्य रहेको छ। उनले भने, ‘जावेद हबीब शैलुन फ्रेन्चाइज भए पनि यसका शाखा विस्तार हुने क्रम छ र त्यही क्रमको शिलशिलामा नेपालमा पनि सुरू भएको छ।’

नेपालका लागि शैलुन सञ्चालक सोनाम लामा छिन्। उनले शैलुन करिब ५० लाख खर्चमा निर्माण गरिएको बताइन्। शैलुनमा हेयर कट, ब्यूटी, ग्लोबर कलर, हाइलाइट, नङ पोलिस फेसियल, डिजाइनिङजस्ता सेवा प्रदान गर्ने छ।

जावेद हबीब शैलुन भारतमा वेलनेस फैलाउने प्रमुखमा पर्छ। भारतमा मात्रै एक हजारभन्दा बढी शाखा सञ्चालनमा छन्।