बाल गायक सचिन परियारको निधन

काठमाडौं । बाल गायक सचिन परियारको १३ वर्षको उमेरमा निधन भएको छ । सामाजिक सञ्जालमा भाइरल गायकका रुपमा चिनिएका सचिनको त्रिवि शिक्षण अस्पतालमा उपचारका क्रममा आज बिहान करिब १० बजे निधन भएको हो । अस्पताल र परिवारले उनको निधनको पुष्टि गरेका छन् ।

परिवारका अनुसार स्वास्थ्यमा समस्या आएपछि एक साताअघि उनलाई अस्पताल भर्ना गरिएको थियो । अस्पतालमा आईसीयूमा राखेर उपचार गरिए पनि उनको स्वास्थ्यमा सुधार आएको थिएन् ।

सचिनका बाबु तेजेन्द्र परियारले युट्युब अन्तरवार्तामा छोराको उपचारमा आर्थिक अभाव भएको बताउँदै आएका थिए । सचिन सानैदेखि शारीरिकरूपमा कमजोर थिए । उनका बुवा तेजेन्द्रलाई छोराको उपचारका लागि जम्मा भएको पैसा दुरुपयोग भएको भन्दै पटक पटक आरोप लाग्दै आएको छ ।