मुगलानको मुहुर्त

काठमाडौं । फिल्म ‘मुगलान’को शुक्रबार काठमाडौंको ज्ञानेश्वरस्थित भैरव मन्दिरमा मुहुर्त गरिएको छ । फिल्ममा आशिष ढकालको लेखन, गीत र निर्देशन रहनेछ ।

चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसीको प्रमुख आतिथ्यमा भएको मुहुर्तमा डिसीले मुहुर्त सर्ट निर्देशन गर्दा नवीन बास्तोलाले क्ल्याप र निर्देशक सुचित्रा श्रेष्ठले क्यामरा अन गरेकी थिइन् ।

फिल्ममा प्रभात पाल ठकुरी, स्मारिका ढकाल, श्री शिवांशी, दिनेश डिसी, सबिन बास्तोला, रामचन्द्र अधिकारी, रश्मी भट्टलगायतका कलाकारहरूको अभिनय रहनेछ। नेपालका विभिन्न स्थानहरूमा छायांकन गरिने यो फिल्म गोमान सिंहको निर्माण तथा रेहान प्रोडक्सनको ब्यानरमा निर्माण हुन लागेको हो।

फिल्ममा राम गुरुको द्वन्द्व निर्देशन, अजय रेग्मीको छायांकन र किरण भुषाल तथा हरि गिरी ‘विमर्शीको संगीत रहनेछ ।