काठमाडौं । बहुपति प्रथाको कथा उठान गरिएको फिल्म ‘द्रौपदी’को ट्रेलर सार्वजनिक भएको छ । ऋषिराज आचार्यको लेखन तथा निर्देशनमा तयार भएको फिल्मको ट्रेलरमा रोजगारीका लागि विदेश गएका श्रीमानको दाजुभाईसँग सम्बन्ध राख्न बाध्य पारिएकी एक महिलाको कथालाई प्रस्तुत गरेको छ ।
फिल्ममा निर्देशक आचार्य, आश्विनी शाही, गायक रवि ओड, विष्णु ठडराई, कविराज भाम, जेल्सन अधिकारी, सुजाता तिमल्सिना, प्रकाश ज्ञवाली, सुरज अधिकारीलगायतको अभिनय छ ।
आगामी चैत ८ गतेबाट प्रदर्शनमा आउने फिल्ममा ऋषिराज आचार्य र प्रकाश ज्ञवाली निर्माता तथा विष्णु ठडराई सह–निर्मातामा छन् ।
मोहनकुमार झिल्लुको छायांकन र ड्रोन रहेको फिल्ममा रवि ओडको संगीत, विष्णु ठडराईको कोरियोग्राफी, अनिलकुमार महर्जनको कलर एवं सम्पादन, कोविन्द सोनीको साउन्ड डिजाइन र सौरभ शर्मा बस्यालको ब्याकग्राउन्ड स्कोर छ ।