वसन्त ट्रेलरः जात व्यवस्थाविरुद्ध विद्रोह



काठमाडौं । गायक, संगीतकार तथा अभिनेता प्रकाश सपूतको निर्देशन रहेको फिल्म ‘वसन्त’को ट्रेलर सार्वजनिक भएको छ । शनिबार काठमाडौंमा एक कार्यक्रमबीच ४ मिनेट लामो ट्रेलर सार्वजनिक गरिएको हो । ट्रेलरमा जनआन्दोलनको समय अर्थात् ०६२र६३ सालको परिवेश र त्यसबेला फिल्मका पात्रले भोगेको जात व्यवस्थाविरुद्धको आवाज उठान गरिएको छ ।

फिल्मको कथा दुई पात्र वसन्त (प्रकाश सपूत) र शान्ति (स्वस्तिमा खड्का) बीचको प्रेम र उनीहरुको प्रेममा आएको जातको तगारोलाई ट्रेलरमा देखाइएको छ । ट्रेलरमा प्रहरी धरपकडदेखि लिएर स्वस्तिमा माओवादी बनेकोसम्म देखाइएको छ ।

यही चैत २२ गतेदेखि प्रदर्शन आउन लागेको ‘वसन्त’मा प्रकाश र स्वस्तिमासहित प्रभात पल ठकुरी, श्री शिभान्सी, उर्मिला लाम्गादे, खड्क बहादुर पुन (खबपु), अनुप बराल, कमलमणी नेपाल, प्रकाश घिमिरे लगायतको अभिनय छ ।

प्रकाश स्वयंको लेखन तथा संगीत रहेको फिल्ममा मोहन विश्वकर्मा र विन्दू बोहोरा (सपूत) निर्मातामा छन् । फिल्ममा सुसन प्रजापतिको छायांकन रहेको छ ।