काठमाडौं । विश्वकै चर्चित फिल्म स्कुल बुसान एसियन फिल्म स्कूलमा नेपालबाट युवा निर्देशक जेसन लोप्चन छानिएका छन् । बुसान फिल्म स्कूलले एसियाली मुलुकबाट मात्र १८ जना युवा फिल्मकर्मीलाई छात्रवृत्तिमा छान्ने काम गर्छन । यी छानिएका १८ जना कोरियाको बुसानमा बसेर अन्तर्रास्ट्रिय निर्माताहरुसँग मिलेर आफ्नो फिल्मको तयारी गर्छन्। ।
हालै नेपालमा पहिलो पटक् आइफोनद्वारा निर्माण गरिएको फिल्म ए प्लेस अन्डर द सनका लेखक तथा निर्देशक जेसन अहिले कोरियाको बुसानमा छन् ।
जेसनका अनुसार उनी बुसान एसियन फिल्म स्कूलमा ८ महिना बसेर अन्तर्राष्ट्रिय निर्माताहरुसँग सहकार्य गर्दै दोस्रो फिल्म निर्माणमा जुट्दैछन् । फिल्मको पटकथा र सबै निर्माण कार्य बुसान मै गरिने छ भने फिल्मको छायाङ्कन् सन् २०२६ मा नेपालमै हुनेछ ।
जेसनको पहिलो फिल्म अहिले एमएसएम भिडियोमा उपलब्ध छ भने उनले यसअघि मेयर बालेन शाहको “मार्फाको मदिरा” गीतको भिडियो पनि निर्देशन गरेका थिए ।