काठमाडौं । गत वर्षको शुक्रबारबाट प्रदर्शनमा आएको फिल्म पिताम्बर यतिबेला देशभरिका हलमा भब्यताका साथ प्रदर्शन भाईरहेको छ । प्रदर्शनको ओपनिङबाट नै उत्साहजनक व्यापार गरेको फिल्मले शुक्रबारसम्म पनि देशभरिका हलहरुमा राम्रो ब्यापार गरिरहेको छ ।
फिल्मको दह्रिलो प्रचार शैली, स्टारहरूको बलियो उपस्थितिसँगै दर्शकको सकारात्मक प्रतिक्रिया संगै पिताम्बरले नयाँ वर्ष २०८२ को सुरुवाती फिल्म बजारलाई सक्रिय बनाएको छ। यसै क्रममा राजधानी पछि दर्शक प्रतिक्रिया लिन फिल्मको टिम मोफसल यात्रामा निस्केको छ । हिजो धनगढीबाट सुरु भएको मोफसल यात्रा पछि आज शुक्रबार टिम नेपालगन्ज आइपुगेको हो ।
टिमले आज नेपालगन्ज स्थित सिनेमाघर सिनेरोयल र क्युएफएक्स सिनेमाज बागेश्वरीमा दर्शकसंगै फिल्म हेर्नूका साथै अन्तरक्रिया गर्ने कार्यक्रम रहनेछ। फिल्मको टिममा अभिनेता प्रदीप खड्का, अनुपविक्रम शाही, दिव्यदेव पन्त, निर्देशक कृषा चौलागाईं, निर्माता विशाल चौलागाईं, मिडिया कोर्डिनेटर कुमार आचार्य छन् ।
केपी फिल्मस् र पुरुषोत्तम प्रधान फिल्मसको ब्यानरमा निर्माण भएको फिल्ममा प्रदीप खड्का, सौगात मल्ल, आर्यन सिग्देल, अनुपविक्रम शाही, दयाहाङ राई, सुरक्षा पन्त, गौरी मल्ल, रवीन्द्र झा, प्रमोद अग्रहरी, आर्यन सिग्देल, कामेश्वर चौरासिया, टिका पहाडी, सुलभ पहाडी, सुरवीर पण्डित, विशाल पहाडी, दिव्यदेव पन्त, सुपुष्पा भट्ट, दिव्या रायमाझीलगायतको अभिनय छ ।