विश्वप्रकाशको शब्द संगीतमा बिगुलको आउ यस्तो देश बनाऔं

काठमाडौं । समसामयिक सामाजिक तथा राजनीतिक विषयमा निर्माण हुन लागेको फिल्म ‘बिगुल’ को एउटा गीतमा नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले संगीत दिएका छन् । रमेश कोइरालाको निर्देशनमा बन्ने फिल्मको ‘आउ यस्तो देश बनाऔं’ बोलको गीत बुधबार अनामनगरस्थित सायारेम स्टुडियोमा रेकर्ड गरिएको छ । विश्वप्रकाशकै शब्द रहेको गीतमाम गायक राजेशपायल राईले स्वर दिएका छन् ।

‘महामन्त्री शर्माले निकै सान्दर्भीक शब्द र मिठासपूर्ण संगीत सृजना गर्नुभएको छ,’ निर्देशक कोइरालाले भने, ‘‘बिगुल’मा यो गीतको उपस्थिति निकै अर्थपूर्ण छ । कुशल राजनीतिज्ञका साथै गीतसंगीतमा समेत निकै दख्खल राख्ने बिश्वप्रकाश दाईको शब्द, संगीतप्रति नतमस्तक छु ।’

म्याग्नेलिया ग्रुप प्रालिको ब्यानरमा निर्माण हुने ‘बिगुल’ मा नरेन खड्का, बेनिशा हमाल, रमेश बुढाथोकी, गीता अधिकारी, सुमोद भारद्वाजलगायतका कलाकार अनुबन्धित भइसकेका छन् । शिव ढकालको छायांकन रहने फिल्मको कथा दिनेश कोइरालाको हो भने पटकथा,संवाद मौनता श्रेष्ठले लेखेका छन् ।

वैशाख तेश्रो साताबाट सुटिङ सुरु हुने फिल्मका गीतमा बिश्वप्रकाशका साथमा अर्जुन पोखरेल र मनोज चौलागाईंको संगीत छ । कविराज गहतराजको कोरियोग्राफी रहेको फिल्मको निर्माण ब्यबस्थापकमा श्याम केसी छन् । चितवनका विभिन्न स्थानमा खिचिने ‘बिगुल’ लाई एक विचार,आवाज र एक वैचारिक क्रान्तिको संकेतका रुपमा अथ्र्याइएको छ ।