भूठान हेरेपछि कसले के भने ?

काठमाडौं । हरिवंश आचार्य मुख्य भूमिकामा रहेको फिल्म ‘भूठान’को ग्रान्ड प्रिमियर सम्पन्न भएको छ । मंगलबार काठमाडौंको सुनधारास्थित सिभिल महलमा रहेको क्यूएफएक्समा प्रिमियर गरिएको हो ।

प्रिमियरमा राजनीतिक दलका नेता, समाजसेवी, कलाकार, पत्रकार, सम्पादक तथा विभिन्न क्षेत्रका अग्रज व्यक्तिको उपस्थिति रहेको थियो । सिनेमा हेरिसकेपछि ‘भूठान’ले नेपाली फिल्मलाई एक स्टेपमाथि उकास्ने काम गरेको बताएका छन् ।

एमाले उपमहासचिव प्रदीप ज्ञवाली, नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा, गायिका आनी छोइङ डोल्मा, अभिनेत्री मनीषा कोइराला, नेपाली क्रिकेटका कप्ता रोहितकुमार पौडेल, क्रिकेटर सोमपाल कामी, निर्देशक, अभिनेता निश्चल बस्नेत, अभिनेत्री स्वस्तिमा खड्का, कलाकार मदनकृष्ण श्रेष्ठलगायतले फिल्मको कथा, कलाकारको अभिनय र प्राविधिक पक्षको तारिफ गरेका थिए ।

विनोद पौडेलले निर्देशन गरेको ‘भूठान’को सम्पूर्ण छायांकन अमेरिकामा भएको थियो । अंग्रेजीमा ‘द वर्ल्ड ह्याप्पिएस्ट म्यान’ नाम रहेको यो फिल्ममा हरिवंशसँगै दयाहाङ राई, अनुराधा मजुमदार, पूजा चन्द–लामा, रिचा घिमिरे, जोएस पाण्डे, अदिति प्याकुरेल, टम क्रेन, विमल सुवेदी छन् ।

हलिउडका विश्वविख्यात अभिनेता बु्रस डर्नले पनि विशेष भूमिकामा अभिनय गरेका छन् । भुटानदेखि भारत र नेपाल हुँदै अहिले अमेरिकामा बसोवास गरिरहेका भुटानीहरुको देशप्रेम र आफ्नो थातथलो छोड्न पर्दा घर हराएको कथा ‘भूठान’ले उठान गरेको छ । फिल्म यही वैशाख १२ गते रिलिज हुँदैछ ।

बुलबुल चलचित्रबाट नाम कमाएका विनोद पौडेलको निर्देशन रहेको ‘भूठान’का निर्मातामा अविरल थापा, सुशांक मैनाली, राजेन्द्र ठकुराठी, अमिताभ जोशी र किर्तना बाँस्कोटा छन् । सुसन प्रजापतिले खिचेका छन् ।

कार्यकारी निर्मातामा विकाश भिटो अधिकारी, कौशिला खनाल, रमेश भट्ट, अपार श्रेष्ठ छन् । अन्जय खड्काको सम्पादन, डिकेश खड्गी शाहीको ध्वनी, समवरण केमको संगीत, सूर्य शाहीको कास्टिङ, उज्जवल श्रेष्ठको पव्लिसिटी डिजाइन, विमल सुवेदीको प्रोडक्सन डिजाइन, वलिउडका प्रख्यात कला निर्देशक अन्जन गजुरेलको कला निर्देशन रहेको छ ।

चलचित्रलाई ठकुराठी ब्रोज, भ्याकेन्ट लाइट, एभरेष्ट इन्टरटेनमेन्ट, अमेरिकाको सहकार्यमा नेपालको अवेकन प्रोडक्सन् र अमेरिकाको म्याड मंकी फिल्मसले निर्माण गरेको हो ।