काठमाडौ । गायक हसन राई र गायिका तथा द भ्वाईस अफ नेपाल सिजन ६ की प्रतिस्पर्धी इन्द्रकला राईको स्वरमा ‘पैसा कि बैस’ बोलको गीत सार्वजनिक भएको छ ।
यो गीत लुङ्टो क्रियशन युट्युव च्यानल मार्फत सार्वजनिक भएको हो । द भ्वाईस अफ नेपाल सिजन ६ कै अर्का प्रतिस्पर्धी गायक तथा संगीतकार रोशन राईको गीतमा शब्द तथा संगीत रहेको छ । सागर सन्सार राईको एरेञ्ज रहेको गीतलाई किशोर थापाले मिक्सिङ मास्टरिङ गरेका हुन् ।
गीतको म्युजिक भिडियोमा जीवन भट्टराई र लक्ष्मी बर्देवाको अभिनय देख्न सकिन्छ । जीवन र लक्ष्मीले नै निर्देशन गरेको म्युजिक भिडियोमा उनीहरुको रोमान्ससँगै गाउँले जीवनसहितको प्रेम पनि देख्न सकिन्छ । बुद्ध थापाको छायांकन रहेको भिडियोमा विष्णु खड्काको सम्पादन छ ।
गायक हसन राईले अहिले सम्म करिब २ दर्जन गीतहरु रेकर्ड गरिसकेका छन् । आधा दर्जन गीतको म्युजिक भिडियोमा मोड्लिङ पनि गरिसकेका छन् । धरान सुरसाझ कलाकेन्द्र, अलंकार म्युजिक एकेडेमीमा बिनोद प्रियदर्शीसँग संगीत सिकेका हसन पाश्र्व गायनमा पनि मोह राख्छन् ।