तस्बीरमा छक्कापन्जा ३ मुहुर्त

काठमाडौं । अघिल्ला दुई संस्करणका फिल्मबाट बक्स अफिसमा तहल्का मच्चाएको फिल्म ‘छक्का पन्जा’को तेस्रो सिक्वेल ‘छक्का पन्जा ३’को छायांकन शुक्रबारबाट शुरु भएको छ । भक्तपुरको सूर्यविनायकमा रहेको एक मन्दिरमा पुजाआजा गर्दै फिल्म छायांकनमा गएको हो ।

काठमाडौं, काभ्रे, दमौली, पोखरा लगायतका स्थानमा खिचिने फिल्मको कथा अघिल्ल दुई फिल्म भन्दा फरक हुने निर्देशक दीपाश्री निरौलाले बताइन् । आइएइसँगको सहकार्यमा आमा सरस्वती मुभिजको व्यानरमा निर्माण हुने फिल्ममा जीतु नेपाल र केदार प्रसाद घिमिरे कार्यकारी निर्माता छन् भने सुमन गिरी ‘भान्जा’, किरण केसी, शिवहरि पौडेल, पुरुषोत्तम प्रधान, तारा चन्द्र बजगाँइ, दीपेन्द्र खनियाँ, केशव न्यौपाने मुख्य निर्माता छन् ।

फिल्ममा दिपकराज गिरी, दीपिका प्रसाई, जीतु नेपाल, केदार घिमिरे, बुद्दि तामाङ, निर शाह, किरण केसी, शिवहरि पौडेल, जयनन्द लामा, अनुराग कुँवर, शिशिर राणा, शिशिर वाग्देल, शारदा गिरी, बसन्त भट्ट, पुष्पल खड्का र प्रियंका कार्कीको मुख्य भूमिका छ । फिल्म ‘ऐश्वर्य’बाट अभिनयको तारिफ पाएकी दीपिका र फिल्म ‘मंगलम’का आकर्षण पुष्पलको यो फिल्ममा अभिनयलाई महत्वपूर्ण पाटोको रुपमा हेरिएको छ ।

फिल्ममा अर्जुन पोखरेल र दीपक शर्माको संगीत, कविराज गहतराज र प्रविण सिंहको कोरियोग्राफी, रोशन श्रेष्ठको एक्सन, पुरुषोत्तम प्रधानको छायांकन, दीपकराज गिरी, जितु नेपाल, केदार घिमिरे र यमन श्रेष्ठको संवाद, दीपकराज गिरीको कथा छ ।