पाकिस्तानमा आलियालाई प्रतिबन्ध !

मुम्बई(एजेन्सी) । बलिउड नायिका आलिया भट्ट र विकी कौशल अभिनित फिल्म ‘राजी’ लाई पाकिस्तानमा प्रतिबन्ध लगाइएको छ । भारतमा आगामी मे ११ मा रिलिज हुने तयारी भइरहँदा फिल्मलाई पाकिस्तानमा रोक लगाइएको हो । पाकिस्तानी सेन्सर बोर्डले फिल्ममा विवादित विषय रहेको र यसले पाकिस्तानको छविलाई धमिल्याउने भएकाले प्रतिबन्ध गरिएको जनाएको छ ।

समाचार अनुसार पाकिस्तानका केही वितरकले पनि फिल्मलाई पाकिस्तानमा प्रदर्शन गर्न इन्कार गरेका छन् । फिल्म भारत र पाकिस्तान भएको सन् १९७१ को युद्धको पृष्ठभूमिमा आधारित छ । ‘राजी’ हरिन्दर सिक्काको पुस्तक ‘कलिङ सहमत’मा आधारित छ ।

फिल्ममा आलियाले सहमत नामकी एक कश्मिरी युवतीको भूमिका निर्वाह गरेकी छन् । फिल्ममा सहमतको विवाद एक पाकिस्तानी फौजको अधिकारीसँग हुन्छ । पाकिस्तानी फौजी अफिसरको भूमिका विकी कौशलले गरेका छन् ।