प्रिन्स बनाउदै नीर

काठमाडौं । कलाकार तथा निर्देशक नीर शाहको निर्देशनमा फिल्म ‘प्रिन्स’ निर्माण हुने भएको छ । गत शुक्रबार पहिलो गीतको रेकर्डिङसँगै फिल्मको निर्माण कार्य औपचारिक रूपमा सुरु गरिएको हो।

रेड चिल्ली फिन टेक प्रालिको ब्यानरमा निर्माण हुन लागेको फिल्मको पहिलो गीतमा नीरकै शब्द, संगीतकार शम्भुजित बास्कोटाको संगीत तथा शिव परियारको स्वर रहेको छ।

फिल्मको कथा निर शाह र शिवम अधिकारीले संयुक्त रूपमा तयार गरेका हुन् भने पटकथा तथा संवाद शिवम अधिकारीले लेखेका छन् । फिल्ममा छायांकन सौरभ लामाको हुनेछ भने पुष्कर लामा (प्रेम भोम्जन) लाइन प्रोड्युसरको रूपमा आबद्ध छन्।

फिल्मको छायांकन तयारी अन्तिम चरणमा पुगेको छ। कलाकार तथा अन्य प्राविधिक टोलीको नाम चाँडै सार्वजनिक गरिने जनाइएको छ।