काठमाडौं । प्रतिक्षित फिल्म ‘जदौ’ को शीर्ष गीत ‘जदौ हजुर’ सार्वजनिक गरिएको छ । हाइटेक इन्टरटेन्मेन्ट युट्युवमार्फत दर्शकमाझ ल्याइएको डान्सिङ बिटको गीतमा राजनराज शिवाकोटी र रचना रिमालको स्वर छ ।
बाबुल गिरीको शब्द र संगीतमा रहेको गीतमा नीति शाह, प्रभात पाल ठकुरी, राजश्री थापालगायतका प्रमुख कलाकार फिचर्ड छन् । गीतको कोरियोग्राफी रामजी लामिछानेले गरेका हुन् ।
अन्जन शर्मा र काजी लिम्बुको संयुक्त निर्देशनमा बनेको फिल्म ९ असोजमा देशब्यापी प्रदर्शनमा आउँदैछ । समीश्रण मुभीज एण्ड इन्टरटेन्मेन्टले सिल्भर स्क्रिन इन्टरटेन्मेन्ट प्रालिसँगको सहकार्यमा निर्माण गरेको फिल्ममा मुकुन भुसाल, ऋचा शर्मा, नीति शाह, प्रभात पाल ठकुरी, राजश्री थापा, विनोद न्यौपाने, नरेश पौड्याल, गीता अधिकारी, खड्कबहादुर पुन (खबपु), सुन्दर धिताल, सन्ध्या श्रेष्ठ, सुमित्रा देवकोटालगायतका कलाकारले अभिनय गरेका छन् ।
श्याम तामाङ र नवराज उप्रेतीको छायांकन रहेको फिल्मको सहनिर्मातामा राजाराम सुवेदी, सुमित्रा देवकोटा, दीपक पोखरेल, नारायण शास्त्री र डिल्ली पोखरेल छन् । सृजना शर्मा र मनिष शर्मा निर्माता अनि शान्ति पुडासैनी कार्यकारी निर्माता रहेको फिल्मको प्रोडक्शन हेड बिमला भण्डारी छिन् । फिल्म एनजिसिएन ग्रुपले देशब्यापी रुपमा बितरण गर्दैछ ।




