काठमाडौं । मिस नेपाल–२०२६ को उपाधि दीपमाला ढकालले जितेकी छन् । ललितपुरको पुल्चोकस्थित द प्लाजामा आयोजित ग्राण्ड फिनालेमा दीपमालाले शीर्ष उपाधि जितेकी हुन् ।
विश्वविख्यात लगानी व्यवस्थापन कम्पनी ब्ल्याकरकमा दीपमाला इन्भेस्टमेन्ट स्ट्राटेजिस्टका रूपमा कार्यरत छिन् । उनी मिस नेपाल हङकङ इन्टरनेशनल २०२६ को विजेता पनि हुन् । दीपमालाकी आमा सन् १९९४ मा आयोजित पहिलो मिस नेपाल प्रतियोगिताको सहभागी पनि हुन् ।
द हिडन ट्रेजरले आयोजना गरेको प्रतियोगितामा आर्या निशान्त ‘मिस नेपाल इन्टरनेशनल’ र कशिश सुब्बा ‘मिस नेपाल कोस्मो’ घोषित भए ।





