मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
थोरै मेहनतले पनि राम्रो उपलब्धि हात पर्न सक्छ। मनमा लागेको कुरा धेरै समय नथाँती राखी सुरु गर्नु राम्रो हुनेछ, किनकि सही समयमा चालिएको पाइला नै सफलताको आधार बन्नेछ। आफन्तको विश्वासले हौसला थप्नेछ। आजको शुभ रंग सेतो हो भने शुभ अंक ६ रहेको छ।
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
घरमा रमाइलो कुरा हुने संकेत छ। धेरै दिनदेखि भेट नभएको व्यक्तिसँग संवाद हुँदा मनमा पुरानो आत्मीयता फेरि जाग्नेछ। हतारमा बोलेको शब्दभन्दा शान्त बोलीको मूल्य बढी हुनेछ। आजको शुभ रंग हल्का सेतो हो भने शुभ अंक ९ रहेको छ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
जिज्ञासाले नयाँ ढोका खोल्नेछ। सुनेको कुरा राम्रोसँग बुझेर अघि बढ्दा सानो प्रयासले पनि राम्रो फल दिनेछ। मनपर्ने कामका लागि छुट्टै समय निकाल्न सक्नुहुनेछ। आजको शुभ रंग पहेलो हो भने शुभ अंक २ रहेको छ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
घरका साना परिवर्तनले पनि मनमा नयाँपन ल्याउन सक्छ। पुरानो सामान मिलाउने क्रममा बिर्सिएको कुरा सम्झनामा आउन सक्छ, त्यसले मिठो मुस्कान पनि ल्याउनेछ। आफ्ना काम क्रम मिलाएर गर्नु राम्रो हुनेछ। आजको शुभ रंग दूधे सेतो हो भने शुभ अंक ७ रहेको छ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
तपाईंको बोली र व्यवहारले धेरैको मन छुनेछ। अरूलाई हौसला दिँदा आफैंमा पनि नयाँ ऊर्जा थपिनेछ। लामो समयदेखि पर्खिएको एउटा काम अगाडि बढ्ने संकेत छ। आजको शुभ रंग गाढा सुन्तला हो भने शुभ अंक १ रहेको छ।
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
थन्किएका काम एक–एक गरेर सकिनेछन्। धेरै सोच्दा अलमल बढ्न सक्छ, त्यसैले सरल बाटो रोज्नु नै राम्रो हुनेछ। घरको वातावरणले मनलाई हलुका बनाउनेछ। आजको शुभ रंग हल्का हरियो हो भने शुभ अंक ६ रहेको छ।
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
आफ्नो रुचिको कामले मनमा नयाँ रंग भर्नेछ। प्रिय व्यक्तिसँगको सामान्य भेट वा सन्देशले दिनलाई विशेष बनाउन सक्छ। मुस्कान बाँड्ने बानीले सम्बन्ध अझ मिठो बन्नेछ। आजको शुभ रंग गुलाबी हो भने शुभ अंक ८ रहेको छ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
रोकिएको कुरा आफैं खुल्दै जाने संकेत छ। मनमा रहेको अन्योल हटेपछि निर्णय लिन पनि सजिलो हुनेछ। सानो परिवर्तनले दैनिकीलाई सहज बनाउनेछ। आजको शुभ रंग खैरो हो भने शुभ अंक ३ रहेको छ।
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
फरक ठाउँ वा फरक वातावरणले मनमा ताजापन ल्याउनेछ। नयाँ अनुभवबाट सिकेको कुरा चाँडै नै काम लाग्नेछ, त्यसैले हरेक क्षणलाई ध्यान दिएर लिनु राम्रो हुनेछ। हाँसोले भरिएको समय बित्नेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक ५ रहेको छ।
मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि)
धैर्य राखेको कामले मिठो प्रतिफल दिन थाल्नेछ। घरका सदस्यसँग बसेर गरेका सामान्य कुराले पनि मन हलुका बनाउन सक्छन्। सानो उपलब्धिले अर्को कदम चाल्ने जाँगर दिनेछ। आजको शुभ रंग कलेजी हो भने शुभ अंक ९ रहेको छ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
मनमा आएको नयाँ सोचलाई रोकिराख्नु पर्दैन। सिर्जनशील काममा समय दिँदा आफ्नै क्षमता झन् राम्रोसँग चिन्ने अवसर मिल्नेछ। साँझतिर आत्मीय कुराकानीले मन उज्यालो बनाउनेछ। आजको शुभ रंग आकाशे निलो हो भने शुभ अंक २ रहेको छ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
मनले खोजेको शान्ति आफ्नै वरिपरि भेटिनेछ। पुरानो सम्झनाले अनुहारमा मुस्कान ल्याउनेछ भने नयाँ चाहनाले भोलिको बाटो देखाउनेछ। परिवारसँग बिताएको समय सबैभन्दा मिठो लाग्नेछ। आजको शुभ रंग फिका सुन्तला हो भने शुभ अंक ७ रहेको छ।





