कसले लग्यो मुन्द्रे र मुन्नीको परान

काठमाडौँ । आगामी असोज २ गतेबाट प्रदर्शनमा आउने फिल्म‘ ‘कार्की साइला’को पहिलो गीत ‘लग्यौ परान’रिलिज भएको छ। मंगलबार निर्मण टिमले प्रचारप्रसार स्वरुप उक्त गीत रिलिज गरेको हो।

गीतको भिडियोमा फिल्मका मुख्य कलाकार जितु नेपाल ‘मुन्द्रे’ र प्रियाना आचार्य ‘मुन्नी’लाई अभिनय गराइएको छ। श्रेय अगस्ती र बेनिशा पौडेलको स्वर रहेको यस गीतमा शब्द विष्णु नेपाल नेपालीको रहेको छ। साथै गीतमा संगीत संकेत अगस्तीको छ भने विशाल निरौलाको एरेन्ज छ ।

फिल्ममा जितु र प्रियानाका साथै शुशील पोखरेल, बिरेन्द्र सिंह कुशवाहा, मान्शी शर्मा, मनिल तामाङ, दिप्सन लिम्बु, कमल देवकोटा, रोदा राई, मेनुका आचार्य र गणेश राजभण्डारी लगायतका कलाकारहरूको अभिनय रहेको छ।

डम्बर राईको कथामा निर्माण भएको यस फिल्मलाई राजेन्द्र बस्नेतले निर्देशन गरेका हुन् । फिल्मको पटकथा तथा संवाद शंकर धिताल र सबिन अधिकारीले संयुक्त रूपमा तयार पारेका हुन्। बाल कुमार राई र निर्भिक बञ्जाराको लगानी रहेको यो फिल्मको कार्यकारी निर्मातामा भने अनन्त राई रहेका छन्।

डम्बर राईको डिओपी र नारायण गुरुङको छायाँकन रहने यस फिल्मलाई सन्देश शाहले सम्पादन गरेका छन्। सह–सम्पादनको जिम्मेवारी सन्दिप डाङ्गीले पाएका छन्।