असोज ३ बाट लोकदोहोरी च्याम्पियन

काठमाडौं । रगोन स्टुडियो प्रालिको ब्यानरमा निर्माण भइरहेको लोकदोहोरी कार्यक्रम ‘लोक दोहोरी च्याम्पियन’ आगामी असोज ३ गतेबाट दर्शकमाझ आउने भएको छ । नेपाली मौलिक लोकदोहोरीको संरक्षण, प्रवद्र्धन गर्दै नयाँ प्रतिभालाई अवसर दिने उद्देश्यले कार्यक्रम निर्माण गरिएको कार्यक्रम प्रमुख अनुपम गौतमले बताए ।

कार्यक्रमको निर्देशन फिल्म निर्देशक माधव राज खरेलले गर्नेछन भने निर्णायक मण्डलमा गायक तथा सर्जक पुरुषोत्तम न्यौपाने, रीता थापा मगर, पशुपति शर्मा र अमृत खाती रहेका छन् । त्यस्तै कार्यक्रमको सञ्चालन कमेडियन तथा कलाकार दिनेश काफ्ले र गायिका इप्सल सञ्ज्यालले गर्नेछन् ।

कार्यक्रम व्यवस्थापन गायक रामप्रसाद अवस्थीले सम्हाल्नेछन् भने, प्रतियोगी संयोजकमा गायक तथा सर्जक दिपक खड्का, सङ्गीत निर्देशकमा राजु ढकाल, मेन्टर÷कोचमा शिव हमाल, प्रोडक्सनमा गिरिराज ढकाल छन् । कार्यक्रमको छायांकन निर्देशनमा हेमन्त कटुवाल, ब्राण्ड एम्बेस्डरमा गायक तथा सर्जक शिरिश देवकोटा र कार्यक्रम परामर्श दाताको रुपमा सुवास केसीलाई अनुबन्धित गरिएको छ ।

कार्यक्रमको स्याटेलाईट पार्टनर इमेज टेलिभिजन एचडी, डिजिटल तथा युट्युव पार्टनर म्युजिक नेपाल, भोटिङ पार्टनर खल्ति एप आइ एम ई, हस्पिटालिटी पार्टनर प्यासिफिक हस्पिटालिटी र ओपल ग्लोबल रहेको छ भने फुड पार्टनरमा साप फाल्चा जोडिएको छ ।