काठमाडौं । परिवर्तन इभेन्ट हाउस प्रालिको आयोजनामा शुक्रबार साँझ राष्ट्रिय नाचघर जमलमा भएको ‘डि एस ए स्टार सिजन– २०’को फिनालेमा विधागत रुपमा बालबालिकाहरु विजेता बनेका छन् । प्रतियोगितामा ‘मिनी डान्सिङ स्टार’ तर्फ इभा न्यौपाने विजेता बन्दा स्वर्ण महर्जन ‘फस्ट रनरअप’, प्रिसा डंगोल ‘सेकेण्ड रनरअप’ र रुही कनौया ‘थर्ड रनरअप’ भए ।
त्यस्तै ‘जुनियर डान्सिङ स्टार’तर्फ दिक्षा खड्काले शीर्ष उपाधि जित्दा कृषा श्रेष्ठ ‘फस्ट रनरअप’, एलिज्ना प्याकुरेल ‘सेकेण्ड रनरअप’, सराया मल्ल ‘थर्ड रनरअप’, इथन महर्जन ‘फोर्थ रनरअप’, हेजल श्रेष्ठ ‘फिफ्थ रनरअप’, बिबिशा महर्जन ‘सिक्स्थ रनरअप’, परिश्री रिजाल ‘सेभेन्थ रनरअप’ र मायिरा बानियाँ ‘ऐठ्थ रनरअप’ बने ।
त्यस्तै ‘प्री–टिन डान्सिङ स्टार’तर्फ सान्सा नेपाल विजेता बन्दा सुभेक्षा दानी ‘फस्ट रनरअप’, समीक्षा रायमाझी ‘सेकेण्ड रनरअप’, निभा कायस्थ ‘थर्ड रनरअप’, प्रिन्जला खाती ‘फोर्थ रनरअप’, यरिका गुरुङ ‘फिफ्थ रनरअप’, फराह खान ‘सिक्स्थ रनरअप’, माहिरा पाण्डे ‘सेभेन्थ रनरअप’, रितु तामाङ ‘ऐठ्थ रनरअप’ र आर्मित्मा गाहा मगर ‘नाइन्थ रनरअप’ भए ।
त्यस्तै ‘सिङ्गिङ स्टार’ तर्फ अमृता सुनवारले शीर्ष उपाधि चुम्दा सुनाक्षी दियाली ‘फस्ट रनरअप’, अभिषेक श्रेष्ठ ‘सेकेण्ड रनरअप’, श्रेयन थापा ‘थर्ड रनरअप’ र प्रसन्न श्रेष्ठ ‘फोर्थ रनरअप’ भए ।
त्यस्तै ‘डीएसए एक्टिङ स्टार’तर्फ साइमन महर्जन विजेता बन्दा निर्विघ्न घिमिरे ‘फस्ट रनरअप’, म्याक्स थापा ‘सेकेण्ड रनरअप’ र डाइलन श्रेष्ठ ‘थर्ड रनरअप’ घोषित भए ।
आयोजकका अनुसार प्रतियोगितामा सहभागी ८५ जना बालबालिकाहरुलाई काठमाडौंको बालाजु स्थित समृद्धि स्कुलमा एक महिनासम्म विभिन्न विषयमा प्रशिक्षण दिइएको थियो ।
नेपाल प्रहरीका एआइजी डम्बरबहादुर विकको प्रमुख आतिथ्यतामा सम्पन्न प्रतियोगिताको निर्णायकमा पतञ्जली आयुर्वेद नेपालको व्यवस्थापक प्रतिनिधि, युबा समाजसेवी, कवि तथा लेखक युवराज सुवेदी, सशस्त्र प्रहरीका पुर्व डीआइजी कृष्णभक्त ब्रम्हाचार्य, गायिका मनीषा पोखरेल र निर्देशक एवम् कोरिग्राफर मौसम हिमाली रहेका थिए ।
हर्लिस नेपालको प्रमुख प्रायोजन रहेको प्रतियोगितामा चोको फन क्रसको सहयोग थियो । परिवर्तन इभेन्ट हाउसकी प्रमुख कार्यकारी अधिकृत (सिइओ) सोनिया जी आरले विजेताले म्युजिक भिडियोमा अभिनयसँगै सन् २०२७ मा जर्जियामा हुने अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालको तर्फबाट प्रतिनिधित्वको अवसर पाएको बताइन् । हाउसका निर्देशक राज बराइलीले बालबालिकाका प्रतिभाहरुलाई बाहिर ल्याउन सहज वातावरण बनाउँदै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा प्रतिष्पर्धाको ढोका खोल्न प्रतियोगिता आयोजना गरिएको बताए ।





