काठमाडौं । फिल्म ‘गौंथली’ले शनिबार प्रदर्शनको ५१औँ दिन मनाएको छ । यो वर्षको हालसम्मको सर्वाधिक धेरै कमाउने फिल्ममा परेको फिल्मले काठमाडौं उपत्यकाभित्र र बाहिर गरेर तीन दर्जनभन्दा धेरै हलमा ५१औँ दिन मनाउन सफल भएको हो ।
फिल्म हाल ४३ हलमा प्रदर्शनरत छ । फिल्मका निर्माता सुमन गिरीले फिल्म ४३ हलमा ५९ शो सहित प्रदर्शन भइरहेको बताउँदै हालसम्म २८ करोड ८० लाख ५ हजार ५२५ रुपैयाँ कलेक्सन गरेको बताए ।
डा. कपिल रिजालको निर्देशनमा बनेको फिल्ममा अरुण क्षेत्री, सिम्रन खड्का, मदनकृष्ण श्रेष्ठ, प्रकाश घिमिरे, लुनिभा तुलाधर, रवीन्द्र झा, ईश्वरी बराल, सञ्जोग रसाइली, सीतादेवी तिमिल्सिना र लक्ष्मीनाथ तिमिल्सिनालगायत कलाकारको अभिनय रहेको छ ।





