काठमाडौं । अभिनेता विराज भट्टको निर्देशन रहेको फिल्म ‘१२ गाउँ २’ को पहिलो गीत ‘जुनेली’ सार्वजनिक भएको छ। गीतको भिडियोमा अभिनेता समीर भट्ट र डेब्यु अभिनेत्री कृशु शाही ‘काफिया’ ब्रेकडान्स हेर्न सकिन्छ ।
सियोन श्रेष्ठको कोरियोग्राफी रहेको यस गीतमा युग भुषालको शब्द तथा संगीत तथा सुगम पोखरेलले स्वर छ । बिराज भट्ट फिल्म प्रोडक्सन प्रालिको प्रस्तुति रहेको यस फिल्मको कथा सन्तोष सरकारले लेखेका हुन् भने छायांकन महेश पौडेलले गरेका छन्। सरस्वती भट्टको लगानी रहेको फिल्म आगामी असोज ३० गते फूलपातीको अवसर पारेर देशभर प्रदर्शन हुँदैछ।
फिल्ममा निर्देशक बिराज भट्ट, अनुपविक्रम शाही, प्रकाश शाह, सुनील पोखरेल, कालु राना, खुसी कार्की, पुष्कर भट्ट, राज हमाल, प्रजल दुलाल, कमल देवकोटा, साहित सिंह ठकुरी, अर्जुन आचार्य, शिवा सिंह, नेहा आर शाह, पूर्णबहादुर गन्धर्व र सुधीर श्रेष्ठलगायतका कलाकारको अभिनय रहेको छ।
फिल्ममा युग भुसाल र डीपी खनालको संगीत, बन्दे प्रसादको सम्पादन, रामजी लामिछाने र सियोन श्रेष्ठको नृत्य तथा स्टन्ट सिल्भा र शंकर महर्जनको द्वन्द्व निर्देशन रहेको छ। सिनेमाको वितरण काफिया फिल्मस् र कुबेर सिनेमाले गर्नेछन्।







