काठमाडौं । दयाहाङ राई र मिरुना मगरको प्रमुख भूमिकामा अभिनय रहेको फिल्म ‘रातो घेरा–द रेड सर्कल’को इन्डक्ल्याप भएको छ । फिल्मको इन्डक्ल्याप काठमाडौंको थापागाउँस्थित मण्डला थिएटरमा गरिएको हो ।
निर्देशक अनिल बुढा मगरको निर्देशनमा तयार भएको फिल्मले सामाजिक तथा भावनात्मक विषयवस्तुलाई रहस्यसँग जोडेर कथालाई प्रस्तुत गर्ने निर्माण पक्षले जनाएको छ ।
फिल्ममा सुनिल पोखरेल, भोलाराज सापकोटा, माओत्से गुरुङ, कविता आले, रजनी गुरुङ, शेखर चापागाईँ, डीबी गुरुङ, बलबहादुर गुरुङ, इन्गी हाप्पो सुनुवार, सुरज तमु, खड्गबहादुर पुन (खबपु), अरुण पुन मगर, सुस्मिता कुँवर, रामबाबु रेग्मी, भावना खपाङ्गी मगर, उमेश सोनम, बिजया पौडेल, सुभाषप्रसाद गजुरेल, सुवास सिंह ठकुरी, सञ्जय कुमार, रमिक सिंह ठकुरी र सुनिल तामाङको अभिनय रहेको छ ।
फिल्ममा जीवन गुरुङ, कविता गुरुङ, भोजेन्द्र गुरुङ (भोज) र सरुन शेरचन निर्माता छन् भने सुमन गुरुङ र खेम राना सह–निर्माताका रूपमा रहेका छन् । फिल्मको कथा तथा पटकथा राजु स्याङताङले लेखेका हुन् भने शिशिर बिसंखेले छायांकन गरेका छन् । फिल्ममा मनोज थापा मगर र सागर आलेको संगीत, श्रवण मुकारुङ र शिव हमालका गीत तथा मनोज थापा मगरकै पाश्र्व संगीत रहेको छ ।
फिल्मका गीतमा सागर आले र शान्तिश्री परियारको स्वर सुन्न सकिनेछ। गीतमा प्रदीप लामा र जुना सुन्दासको अभिनयसमेत देख्न सकिने निर्माण पक्षले जनाएको छ । गीतको कोरियोग्राफी प्रदीप लामाले गरेका छन् ।
फिल्मको सम्पादन जीवन थापाले गरेका छन् भने फिरोज खड्का मुख्य सहायक निर्देशकका रूपमा कार्यरत छन् । सहायक निर्देशकमा अनिल दाहाल र सिर्जना भुजेल, प्रोडक्सन म्यानेजरमा सन्देश राई, कस्ट्युम डिजाइनमा जानकी कडायत, मेकअपमा विक्रम थापा, हेयरमा कल्पना लिम्बु, आर्ट निर्देशनमा कृपा खड्गी तथा प्रोडक्सन डिजाइनमा रामलाल खड्का आबद्ध छन् ।
फिल्मको वितरण अधिकार काफिया फिल्म्सले लिएको छ । फिल्म आगामी २०८३ मंसिर १८ गते रिलिज हुनेछ ।







