अब मुस्ताङमा मन बिनाको धन २

काठमाडौं । टंक बुढाथोकीको निर्देशनमा निर्माण भइरहेको फिल्म ‘मन बिनाको धन–२’को काठमाडौं उपत्यकामा पहिलो चरणको छायांकन पूरा भएको छ। २४ दिनसम्म चलेको छायांकन भदौ ४ गतेबाट सुरु भएको थियो ।

फिल्मको काठमाडौं चरणको छायांकन सकिएसँगै निर्माण टिम अब मुस्ताङ जाने तयारीमा छ। केही दिनपछि मुस्ताङमा फिल्मका महत्वपूर्ण दृश्यहरू छायांकन गरिने निर्माण पक्षले जनाएको छ।

टंक बुढाथोकी प्रोडक्सनको ब्यानरमा निर्माण भइरहेको फिल्ममा मदनकृष्ण श्रेष्ठ, सरोज खनाल, गौरी मल्ल, विपिन कार्की, पूजा शर्मा, महेश त्रिपाठी, एआर बुढाथोकी, राजाराम पौडेल, किरण केसी, लक्ष्मी गिरी, प्रकाश घिमिरे, निर्मल शर्मा, रश्मिला तामाङ, प्रभातपाल ठकुरी र शंकर श्रेष्ठलगायत कलाकार छन्।

फिल्मको कथा निर्देशक टंक बुढाथोकीले तयार पारेका हुन्। पटकथा तथा संवाद शिवम् अधिकारीको रहेको छ भने संगीत पनि निर्देशक बुढाथोकीकै छ ।

विष्णुमाया मैनाली बुढाथोकी निर्माता रहेको फिल्मको छायांकन नरेन्द्र मैनालीले गरेका छन्। मित्र डी गुरुङ सम्पादन र रेनिश फागो कलरिङमा छन्।

फिल्ममा कविराज गहतराजको नृत्य निर्देशन तथा शुक्रराज शाहको द्वन्द्व निर्देशन रहेको छ। नवराज शर्मा मुख्य सहायक निर्देशक र भोला सुवेदी ‘प्रणप’ प्रोडक्सन म्यानेजरका रूपमा कार्यरत छन्।